संसद् कर्मचारी ट्रेड युनियन खारेज

काठमाडौँ, २२ बैशाख । संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज भएको छ ।

सरकारले केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरिदिएको हो ।

संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था थियो । जहाँ ‘मर्यादापालक बाहेकका सचिवालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सो भन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेशागत हक हितको लागि एउटा कर्मचारी युनियन गठन गर्न सक्ने’ भनिएको छ ।

यस्तो व्यवस्थालाई अध्यादेशमार्फत खारेज गरिएको हो । यसलाई खारेज गरेर कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, १२ साउन । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी

काठमाडौँ, १२ साउन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, १२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राजधानीमा अव्यवस्थित तथा प्रयोगविहीन तार व्यवस्थापन र भूमिगत केबलिङको

काठमाडौँ, १२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिनुभएको