टिकटकमा हतियार देखाएर त्रास फैलाउने दुई जना पक्राउ

काठमाडौँ, २२ बैशाख । सामाजिक सञ्जाल टिकटकमा हतियारसहितको भिडियो पोस्ट गरी समाजमा डर र त्रास फैलाएको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका वडा नं. ४ का २६ वर्षीय अनिल खटिक रहेका छन् । उनीहरूले आफ्नो टिकटक आईडीबाट हातमा हतियार समातेको र सर्वसाधारणलाई आतंकित पार्ने खालका अस्वाभाविक गतिविधि प्रदर्शन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अजय कुमालले ‘Ajay Magar’ र अनिल खटिकले ‘Anilsonkhar’ नामको टिकटक आईडी प्रयोग गरी त्यस्ता भिडियोहरू सार्वजनिक गरेका थिए। आम जनमानसमा असुरक्षाको भावना पैदा गर्ने र समाजलाई आतंकित तुल्याउने किसिमका दृश्यहरू पोस्ट गरेपछि उनीहरूलाई प्रहरीले निगरानीमा राखेर पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, १३ असार । टिपर दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । शनिबार जिल्लाको कटारी नगरपालिका १ पानीट्याङ्कीस्थित सिद्धिचरण

कैलाली, १३ असार । कैलाली–कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया

तनहुँ, १३ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको

भक्तपुर, १३ असार । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ७ः४५ बजे