होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै

काठमाडौँ, २२ बैशाख । राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले हिजो विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दूरीमा छ । 

नदी किनारामा अव्यवस्थित घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा छन् । उनीहरूमध्ये अपांगता भएका एकजनासहित ६२ पुरुष, तीन सुत्केरी र दुई गर्भवतीसहित ८० महिला, ३१ बालिका र ३० बालक छन् ।

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ बालबालिका विद्यालय उमेरका छन्  । चारजनाले यस वर्ष एसईई दिएका थिए । उनीहरू कम्प्युटर, सिलाइ बुनाइजस्ता सिप सिक्न चाहन्छन् । महानगरपालिकाले उनीहरूले चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको शिक्षा अधिकारी नमराज ढकालले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित