अमेरिकाले सात इरानी फास्ट बोट ध्वस्त पार्‍यो : ट्रम्प

एजेन्सी, २२ बैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मोजमा अमेरिकाले इरानका सातवटा फास्ट बोटहरूमाथि हमला गरेको जानकारी दिएका छन् ।

इरानले युनाइटेड अरब इमिरेट्स (युएई)को प्रमुख तेल बन्दरगाहमा आक्रमण गरेपछि अमेरिकाले यो कदम चालेको हो ।

युएई र दक्षिण कोरिया दुवैले सोमबार यस महत्त्वपूर्ण जलमार्गमा आफ्ना जहाजहरूमाथि आक्रमण भएको रिपोर्ट गरेका छन् । युएईका अनुसार इरानी आक्रमणपछि फुजैराहस्थित तेल बन्दरगाहमा भीषण आगलागी भएको छ। फुजैराह युएईको सबैभन्दा ठुलो बन्दरगाह र तेल भण्डारण केन्द्र हो ।

अवरुद्ध जलमार्गमा फसेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्नका लागि ट्रम्प प्रशासनले प्रोजेक्ट फ्रीडम सुरु गरेको छ । विश्वकै चर्चित सिपिङ कम्पनी मर्सले अमेरिकी सैन्य सुरक्षामा आफ्नो एउटा जहाज सुरक्षित रूपमा स्ट्रेट अफ हर्मोजबाट बाहिर निस्कन सफल भएको पुष्टि गरेको छ ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले यस क्षेत्रको घटनाक्रमले राजनीतिक संकटको कुनै सैन्य समाधान नभएको स्पष्ट पारेको बताएका छन् । उनले अमेरिकी अभियानलाई व्यङ्ग्य गर्दै भनेका छन्, प्रोजेक्ट फ्रीडम वास्तवमा प्रोजेक्ट डेडलक (निकासविहीन योजना) हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्