बझाङका ४ दर्जनभन्दा बढी विद्यालय बन्द

बझाङ, २१ बैशाख । सरकारले देशव्यापी विद्यालय भर्ना अभियान चलाइरहेकै बेला बझाङका दर्जनौं विद्यालय भने यार्चा संकलनका लागि बन्द गरिएका छन् ।

सबै विद्यार्थी यार्चा टिप्न लेकतिर लागेपछि यहाँका धेरैजसो विद्यालय जेठसम्मका लागि बन्द भएका हुन् । सुर्मा र साइपाल गाउँपालिकाका सबै विद्यालय र तलकोट, मस्टा, केदारस्युँ गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाको उत्तरी क्षेत्रका विद्यालय जेठ मसान्तसम्मका लागि बन्द भएका हुन् । यस क्षेत्रका ५० भन्दा बढी विद्यालय बन्द रहेको स्थानीयले बताएका छन् । ती विद्यालयमा असार १ देखि विद्यार्थी भर्ना सुरु हुनेछ ।

आम्दानीको मुख्य स्रोत नै यार्चा भएकाले यो सिजनमा ७/८ वर्षका बालबालिकादेखि हिँड्न सक्ने वृद्धवृद्धासम्म लेकतर्फ लागेका छन् । विद्यालय बन्द भएपछि विद्यार्थीसँगै शिक्षक पनि यार्चा संकलनका लागि पाटनतिरै उक्लिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई