बझाङका ४ दर्जनभन्दा बढी विद्यालय बन्द

बझाङ, २१ बैशाख । सरकारले देशव्यापी विद्यालय भर्ना अभियान चलाइरहेकै बेला बझाङका दर्जनौं विद्यालय भने यार्चा संकलनका लागि बन्द गरिएका छन् ।

सबै विद्यार्थी यार्चा टिप्न लेकतिर लागेपछि यहाँका धेरैजसो विद्यालय जेठसम्मका लागि बन्द भएका हुन् । सुर्मा र साइपाल गाउँपालिकाका सबै विद्यालय र तलकोट, मस्टा, केदारस्युँ गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाको उत्तरी क्षेत्रका विद्यालय जेठ मसान्तसम्मका लागि बन्द भएका हुन् । यस क्षेत्रका ५० भन्दा बढी विद्यालय बन्द रहेको स्थानीयले बताएका छन् । ती विद्यालयमा असार १ देखि विद्यार्थी भर्ना सुरु हुनेछ ।

आम्दानीको मुख्य स्रोत नै यार्चा भएकाले यो सिजनमा ७/८ वर्षका बालबालिकादेखि हिँड्न सक्ने वृद्धवृद्धासम्म लेकतर्फ लागेका छन् । विद्यालय बन्द भएपछि विद्यार्थीसँगै शिक्षक पनि यार्चा संकलनका लागि पाटनतिरै उक्लिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित