काठमाडौँ, २१ बैशाख । बलिउड अभिनेत्री आलिया भट्ट अब कल्ट क्लासिक फिल्म ‘तुम्बाड’ को सिक्वेलमा देखिने भएकी छन् ।
‘तुम्बाड २’ मा आलियाले एउटा विशेष भूमिका निभाउन लागेकी हुन्, जसलाई फिल्मको कथाको टर्निङ पोइन्ट मानिएको छ ।
आलियाले मुम्बईको मड आइल्याण्डमा यस फिल्मका लागि दुई दिनको सुटिङ समेत पूरा गरिसकेकी छिन् । उनको भूमिका छोटो अर्थात् क्यामियो भनिए पनि फिल्मको रहस्यमयी कथालाई अगाडि बढाउन यो पात्र निकै महत्त्वपूर्ण रहने निर्माण पक्षको दाबी छ ।
कम स्क्रिन टाइममा पनि दर्शकमा गहिरो छाप छोड्न सक्ने क्षमताका कारण आलियालाई यो भूमिकाका लागि छनोट गरिएको हो।
रणवीर कपुर र विक्की कौशलको मुख्य भूमिका रहेको यस फिल्ममा आलियाको सशक्त अवतार रहनेछ।






