सुकुमबासी बस्तीका बालबालिकालाई निःशुल्क पढाउने घोषणा

काठमाडौँ, २१ बैशाख । निजी विद्यालय सञ्चालकहरूले सुकुमबासी बस्तीका बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेका छन् ।

प्याब्सन, एन–प्याब्सन, हिसान र एपेनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र देशभरका जोखिमयुक्त स्थानमा रहेका सुकुमबासी बस्तीहरू हटाउने कार्यलाई तीव्रता दिएको सन्दर्भमा ती समुदायका बालबालिकाको पठनपाठनमा पर्न सक्ने अवरोधप्रति गहिरो चासो व्यक्त गरेका छन् ।

नेपालको संविधानले प्रत्याभूत गरेको बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकार कुनै पनि परिस्थितिमा हनन हुन नहुने कुरामा जोड दिँदै, वर्तमान संवेदनशील अवस्थामा स्थानीय तहसँग सहकार्य गरी समस्या समाधानमा रचनात्मक सहयोग पुर्याउन आफूहरू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म