अमेरिकाको प्रस्तावमा इरानले बुझायो १४ बुँदे प्रतिक्रिया

एजेन्सी, २० बैशाख । इरानले अमेरिकाले प्रस्तुत गरेको प्रस्तावमा १४ बुँदे प्रतिक्रिया दिएको छ ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित तस्निम समाचार एजेन्सीले शनिबार उक्त जानकारी दिएको हो । तस्निमका अनुसार इरानले आफ्नो प्रस्ताव पाकिस्तानी मध्यस्थमार्फत पठाएको हो । उक्त प्रस्तावमा लेबनानसहित सबै मोर्चामा जारी युद्ध अन्त्य गर्नुपर्ने माग समावेश गरिएको छ ।

समाचारमा जनाइएअनुसार अमेरिकाले दुई महिनाको युद्धविराम प्रस्ताव गरेको थियो । तर इरानले भने समस्याहरू ३० दिनभित्र समाधान गर्नुपर्ने र वार्ता युद्धविराम लम्ब्याउनेभन्दा पनि युद्धको पूर्ण अन्त्यमा केन्द्रित हुनुपर्ने धारणा राखेको छ । 

इरानी अधिकारीहरूले अहिलेसम्म उक्त प्रतिक्रियाको विस्तृत विवरण सार्वजनिक रूपमा खुलाएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार उक्त योजनाको समीक्षा गर्ने बताएका छन् । तर उनले यो स्वीकार्य हुने कल्पना गर्न गाह्रो भएको प्रतिक्रिया दिएका थिए । तस्निमका अनुसार यो प्रतिक्रिया अमेरिकाले अघि सारेको ९ बुँदे प्रस्तावको जवाफस्वरूप आएको हो । इरानको प्रस्तावमा सैन्य आक्रमण नगर्ने सुनिश्चितता, इरान वरपरका क्षेत्रमा रहेका अमेरिकी सैनिक फिर्ता गर्ने विषय समेटिएका छन् । यसका साथै, रोक्का गरिएका इरानी सम्पत्तिहरू मुक्त गर्ने, प्रतिबन्ध हटाउने, र स्ट्रेट अफ होर्मुजका लागि नयाँ संयन्त्र स्थापना गर्ने माग पनि प्रस्तावमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्