स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

काठमाडौँ, २० बैशाख । विराटनगर विमानस्थलमा प्रहरीले सुरक्षा जाँचका क्रममा दुई दिनको अवधिमा स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुईजना यात्रुलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट जहाजमार्फत काठमाडौँ जान लागेका फरक–फरक एयरलाइन्सका यात्रुहरू झोलाभित्र अवैध नगद लुकाएको अवस्थामा फेला परेका हुन् । पक्राउ पर्नेहरूमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् ।

प्रहरीले पहिलो सफलता शुक्रबार बेलुका करिब ८ बजे प्राप्त गरेको थियो । बुद्ध एयरको उडानबाट काठमाडौँ प्रस्थान गर्न लागेका सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १८ का ३५ वर्षीय दिलीप तामाङलाई सुरक्षाकर्मीले शंका लागेर चेकजाँच गरेका थिए । खानतलासीका क्रममा उनको ब्यागबाट स्रोत खुलाउन नसकेको ११ लाख नेपाली रुपैयाँ बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो ।

यो घटनाको भोलिपल्ट अर्थात् वैशाख १९ गते शनिबार दिउँसो पुनः अर्का एक यात्रु अवैध नगदसहित समातिए । श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक ३६ वर्षीय मोहिदिल अलि पक्राउ परेका हुन् । भारतको माल्दा जिल्ला सुजा गञ्जका बासिन्दा अलिको झोला चेकजाँच गर्दा प्रहरीले १५ लाख ९८ हजार रुपैयाँ फेला पारेको थियो ।

प्रहरीले दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तामाङ र अलि दुवैलाई बरामद गरिएको रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार