विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

काठमाडौँ, १५ बैशाख । सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ । 

यस अघि सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र परिपत्र गरेको थियो । निर्णयअनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको हो । 

विगतमा सरकारले हरेक वर्ष वैशाख २ देखि नयाँ शैक्षिक सत्र शुरू गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र शुरू गराउँदै आएका थिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको थियो । 

तर सरकारको निर्णय अमान्य रहेको भन्दै काठमाडौँउपत्यका मेयर्स फोरमले गएको वैशाख ११ गतेदेखि नै नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र आज १५ गतेदेखि नियमित पठनपाठन शुरू गर्न उपत्यकाभित्रका सबै पालिकालाई अनुरोध गरेको थियो । यसबाट विद्यार्थी भर्ना अन्योल भयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आजदेखि नै  भर्ना थाल्न र २१ गतेदेखि पठनपाठन शुरू गर्न भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित