आत्मघाती आक्रमणमा परी मालीका रक्षामन्त्रीको मृत्यु

एजेन्सी, १४ बैशाख । मालीका रक्षामन्त्री साडियो कामाराको विद्रोही समूहले गरेको आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ । 

राजधानी बामाको नजिकै रहेको उनको निवासमा जिहादी विद्रोही र पृथकतावादी समूहहरूले गरेको संयुक्त आक्रमणका क्रममा मृत्यु भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

 सरकारी टेलिभिजनले पनि रक्षामन्त्री कामाराको मृत्युको पुष्टि गरिसकेको छ । आक्रमणमा रक्षामन्त्रीका परिवारका तीन सदस्यको समेत मृत्यु भएको छ । यसैगरी विद्रोहीहरूले सैन्य जुन्ताका प्रमुख जनरल आसिमी गोइटाको घरलाई समेत निशाना बनाएपछि उनलाई सुरक्षित स्थानमा सारिएको छ ।
अल-कायदासँग आबद्ध जिहादी समूह र तुआरेग पृथकतावादी समूह (एफएलए) ले देशका विभिन्न स्थानमा एकैसाथ ठूला आक्रमणहरू गरेका छन् ।

उत्तरी सहर किडालबाट मालीको सेनालाई सहयोग गरिरहेका रुसी भाडाका सैनिकहरू पछि हट्न सहमत भएको विद्रोहीहरूले दाबी गरेका छन् । विद्रोही समूह एफएलएले किडाल सहर अहिले पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको घोषणा गरेको छ । सरकारले देशभर उच्च सतर्कता अपनाएको छ भने राजधानी बामाको लगायतका क्षेत्रमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्