लेबनानमा इजरायली आक्रमणमा परी १४ जनाको मृत्यु, ३७ घाइते

एजेन्सी, १४ बैशाख । लेबनान र इजरायलबिच जारी युद्धविरामका बावजुद आइतबार इजरायली सैन्य कारबाहीमा परी लेबनानमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरूमा दुई बालबालिका र दुई महिला समेत रहेका छन् भने ३७ जना घाइते भएका छन् ।

इजरायली रक्षा बलले दक्षिण लेबनानका केही गाउँहरू तत्काल खाली गर्न चेतावनी दिएलगत्तै ‘आर्टिलरी र हवाई’ आक्रमण सुरु गरेको थियो । इजरायलले हिजबुल्लाहका लडाकु र सैन्य स्थलहरूले इजरायली सैनिकमाथि आक्रमण गर्ने तयारी गरेको दाबी गर्दै सो क्षेत्रलाई लक्षित गरेको जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहले युद्धविरामको उल्लंघन गरिरहेको आरोप लगाउँदै इजरायलले आत्मरक्षा र तत्काल खतरालाई निष्क्रिय पार्न कडा कदम चालिरहेको बताए । नेतन्याहुका अनुसार इजरायलले अमेरिका र लेबनानसँग भएको सम्झौताको नियमभित्रै रहेर कारबाही गरिरहेको छ ।

यसैबिच, हिजबुल्लाहको ड्रोन आक्रमणमा परी लेबनानमा १९ वर्षीय एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। इजरायलले आफ्नो सीमातर्फ आएका हिजबुल्लाहका तीनवटा ड्रोनहरूलाई आकाशमै खसालिदिएको समेत दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय