सांसद रञ्जित सम्मानित

भक्तपुर, १३ बैशाख । राम चन्द्र प्रजापति । सामाजिक अभियानताका रूपमा परिचित रुकेश रञ्जित भक्तपुर क्षेत्र नं १ को सांघीय सांसदमा निर्वाचित हुनु भएकोमा ब्लड डोनर्स एसोसिएसन नेपाल भक्तपुर जिल्ला शाखाले एक कार्यक्रम गरि सम्मान पत्र र खादाद्वारा सम्मान गरियो । उहाँ व्लोदान भक्तपुरका पूर्व अध्यक्ष र व्लोदान केन्द्रीय सदस्य हुनुहुन्छ ।

सम्मान कार्यक्रममा सांसद रञ्जितले भन्नुभयाे, ​”जनप्रतिनिधि र सामाजिक संस्थाहरूको सहकार्यले मात्र भक्तपुरलाई स्वास्थ्य सेवामा अगाडि बढन सकिन्छ । रगतको अभावमा कोही पनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने अभियानमा मेरो पूर्ण साथ रहनेछ ।”

सांसद रञ्जितले ​यो सम्मान कार्यक्रमले व्लोदान संस्था र स्थानीय सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गर्न सकिने उल्लेख गर्दै उहाँले भक्तपुरको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन निकै सान्दर्भिक र दूरगामी महत्त्वका रहेकाे बताउनु भयाे । भक्तपुरलाई केवल सांस्कृतिक सहरमा मात्र सीमित नराखी आधुनिक र सुगम जिल्ला बनाउन धेरै काम गर्नु पर्ने बताउनुभयो ।

व्लोदान केन्द्रीय उपाध्यक्ष उज्ज्वल केसीले विना सोध भर्ना निशुल्क रगत विरामीलाई प्रदान गर्न रक्तदान कार्यक्रम गर्न विभिन्न निकायलाइ उत्प्रेरित गर्ने संस्था व्लोदान भएकाे बतायनुभयाे । व्लोदान केन्द्रले गरेका काम र आगामी कार्यबारे जानकारी गर्नु भयो ।

व्लोदान भक्तपुरका सल्लाहकार एवं चांगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष सोम प्रधानले भक्तपुर क्षेत्र नं १ विगतमा निर्वाचित हुनु भएका जनप्रतिनिधिले नीति निर्माण कानुन बनाउने सांसदको काम, विकास निर्माणका काम सासदको होइन भने गरेकाले विकासका परिणाममुखी दिन नसकेको हुदा यो क्षेत्र पछि परेको उल्लेख गरणनुभयाे । आफू निर्वाचनबाट वडा अध्यक्ष भएपछि विकासका काम केही भएको दावी गर्दै वडा अध्यक्ष प्रधानले बधाई तथा शुभकामना दिने क्रममा सासद रञ्जितले सामाजिक गतिविधिको साथ साथै जनताको आपेक्षा अनुसार विकासका काम गर्न सकोस भनी शुभकामना दिनु भयो ।

व्लोदान भक्तपुर अध्यक्ष निर्मला सुवालको सभपतित्वमा सम्पन्न सम्मान कार्यक्रम व्लोदान भक्तपुरका उपाध्यक्ष सोहन रञ्जितले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।  प्रहरीका अनुसार भारी वर्षाका

काठमाडौँ, १३ बैशाख । पछिल्लो २४ घण्टामा दुई हजार चार सय ९२ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्

कैलाली, १३ बैशाख । कैलालीमा एक वृद्ध मृत फेला परेका छन् । शनिबार जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको

काठमाडौँ, १३ बैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२