२२ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौँ, ११ बैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार गएराति चन्द्रनगर गाउँपालिका-३ वरकुर्वा बस्ने रामबाबु साहको घरमा मध्यरातमा छिरेका चोरले सुनचाँदीका गरगहना र नगद गरी करिब २२ लाख ७० हजार रूपैयाँ बराबरको सम्पत्ति चोरी गरेका हुन् ।

साहको परिवार सुतिरहेको मौका छोपेर घरभित्र प्रवेश गरेका चोरले बहुमूल्य गहना र नगद चोरी गरेको प्रहरीले जनाएको छ। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको पहिचान खुल्न सकेको छैन । 

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाउनुका साथै फरार व्यक्तिहरूको खोजीका लागि विभिन्न नाका र सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार गएराति चन्द्रनगर गाउँपालिका-३

काठमाडौँ, ११ बैशाख । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार लागूऔषध कारोबारीलाई समाउने क्रममा

काठमाडौँ, ११ बैशाख । पोखराबाट ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । कास्की जिल्ला प्रहरी

काठमाडौँ, ११ बैशाख । सुर्खेतको बराहताल गाउँपालिका-४, को तरङ्गाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय