इजरायलले लेबनानमा गरेको हमलामा एक पत्रकारसहित ५ जनाको मृत्यु

एजेन्सी, १० बैशाख । युद्धविरामबीच इजरायलले लेबनानमा गरेको हमलामा एक पत्रकारसहित ५ जनाको मृत्यु भएको छ । 

इजरायल र लेबनानको सिमाना अलतायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी ४३ वर्षिया पत्रकार अमल खालिल मारिएको अलजजिराले जनाएको छ । खालिलसँगै रिपोर्टिङमा रहेका फोटो पत्रकार जैनब फराज घाइते हुनुभएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार घटनाक्रमको रिपोर्टिङ गरिरहेको बेला उनीहरू रहेको गाडीको अगाडि रहेको अर्को गाडीमा हमला भएको थियो । त्यसपछि उनीहरू गाडीबाट झरेर नजिकैको घरमा आश्रय लिन पुगेका थिए । तर अर्को हमला त्यही घरमै भएपछि खालिल मारिएको खबरमा उल्लेख छ । 

करिब सात घण्टापछि मात्रै खालिलको शव भग्नावशेषबाट निकालिएको समाचारमा उल्लेख छ । यसैबिच, लेबनानका प्रधानमन्त्री नवाफ सलामले पत्रकारमाथि आक्रमण र उद्धार कार्यमा अवरोध पुर्‍याउनु युद्ध अपराध भएको भन्दै यस घटनाबारे अन्तर्राष्ट्रिय निकायमा जानकारी गराउने बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय