विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

काठमाडौँ, १० बैशाख । सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापन र सूचना उपलब्ध नगराउने गरी गरेको निर्णयप्रति जनता समाजवादी पार्टी (जसपा), नेपालले कडा आपत्ति जनाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सङ्घीय मन्त्रालय, आयोग, सचिवालयसहित प्रदेश र स्थानीय तहलाई समेत सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन र प्रसारण गर्न जारी गरेको परिपत्रलाई पार्टीले प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भनेको हो ।

एक विज्ञप्ति जारी गर्दै जसपा नेपालले लोकतन्त्रको चौथो अङ्गका रूपमा रहेका निजी सञ्चारमाध्यमहरूलाई आर्थिक रूपमा कमजोर बनाएर नियन्त्रणमा राख्ने सरकारी मनसाय देखिएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा