अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

काठमाडौँ, १० बैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् ।

सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले पठनपाठन सुरु गरेका हुन् ।

सङ्घीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि अधिकांश स्थानीय तहले शैक्षिक क्यालेन्डरमा प्रभाव पर्ने भन्दै नियमित कक्षा सुरु गरेका हुन् । जिल्लाको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ ।

पालिकाका नगर शिक्षा अधिकारी पदमराज आचार्यले पालिकामा रहेका समुदायिक विद्यालयका प्रधानाध्यापकहरुको अनुरोधअनुसार नगरप्रमुखले पठनपाठन सुरु गर्न सहजीकरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित