इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणामा राष्ट्रसंघको स्वागत

एजेन्सी, १० बैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गर्नु भएको छ । 

महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको समय थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्त्वपूर्ण स्थान सिर्जना गर्ने बताउनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेस नगरेसम्म इरानसँगको युद्धविरामको समय थप गर्ने घोषणा गर्नुभएको थियो ।  

यसैबीच इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले कूटनीति राष्ट्रिय हितको रक्षा गर्ने एक उपकरण भएको र इरानको हितसँग मेल खाने अवस्था आएपछि मात्र यसको अनुसरण गरिने बताउनुभएको छ । उहाँले मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद पनि दिनुभएको छ । 
इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्दै युद्धक्षेत्र र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउनुभएको छ । इरानले दोस्रो चरणको वार्तामा भाग लिने घोषणा नगरेको र इस्लामावादमा वार्ता गर्ने कुनै पनि निर्णय यसले राष्ट्रिय हितको सेवा गर्छ कि गर्दैन भन्नेमा निर्भर गर्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ९ साउन । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई

काठमाडौँ, ९ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका

काठमाडौँ, ९ साउन । सरकारले राष्ट्रिय परिचयपत्रका लागि १ करोड अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम (एबीआईएस) फ्रान्सेली कम्पनीबाट बिनाप्रतिस्पर्धा खरिद गर्ने

काठमाडौँ, ९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको