भक्तपुर महोत्सवमा १ लाख मानिसले गरे अवलोकन

भक्तपुर, ८ बैशाख । दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव संपन्न भएको छ । महोत्सवमा १ लाख मानिसले अवलोकन गरेका छन् । 

चैत २६ गतेबाट सुरु भएको महोत्सवको १२ दिनसम्ममा करिव १ लाख मानिसले अवलोकन गरेका औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।

अध्यक्ष महतले भने, “उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने मुख्य उद्देश्य राखेर हामीले महोत्सव आयोजना गरेका थियौ,” ।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकलाका सामाग्री समेत राखिएको थियो । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू थिए । ती स्टलमा रहेका व्यापारीहरुले करिब ३ करोड रुपैँया बराबारको व्यापार गरेका छन् । दैनिक रुपमा चर्चित कलाकारहरुले सांगीतक प्रस्तुती र महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक खेलका साधनहरू राखिएको महोत्सवका संयोजक दीपक थापाको भनाई छ ।

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले यस्ताखालका महोत्सवले स्थानीय बजार चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । “रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा गर्न समेत टेवा पुग्ने विश्वास लिएको छु,” नगरप्रमुख थापाले भने । भक्तपुर जिल्ला र सूर्यविनायक नरगपालपालिकाको साँस्कृतिक तथा पर्यटकिय गतिविधीलाई बढाउने महोत्सवलाई नरगपालिकाले सधै साथ दिन उनले बताए ।

महोत्सवमा नृत्य प्रतियोगीता समेत भएको थियो । उक्त प्रतियोगीतामा रतिश गिरी प्रथम हुदैं नगद रु. २० हजार पुरस्कार प्राप्त गरेका छन् । दोस्रो स्थानमा अन्नी तामाङले नगद १० हजार, तेस्रो स्थानकी स्प्रीका शाहीले ५ हजार नगद पुरस्कार प्राप्त गरिन् । रेम्बो तामाङ र रेविका लामाले सान्तवना भएका दुई जनाले जनही २ हजार ५ सय नगद पुरस्कार पाएका छन् । उक्त अवसरमा समय समाज साप्ताहीककी पत्रकार सिर्जना खतिवडालाई नगद रु. ५ हजारसहित सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । अर्थमन्त्री स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पउल कपुरबीच भेटवार्ता भएको छ । 

काठमाडौँ, ८ बैशाख । लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको

काठमाडौँ, ८ बैशाख । आज बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो बसेको

काठमाडौँ, ८ बैशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको करहरु घटाउन