नेप्से परिसूचक १७.९१ अंकले घट्यो

काठमाडौँ, ८ बैशाख । आज नेप्से परिसूचक १७.९१ अंकले घटेको छ ।

२८०७.३१ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन पनि बजार १३ अंकले घटेको थियो ।  

आज दिनभर कुल ३४७ कम्पनीका ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा आज २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ४८ कम्पनीको मूल्य बढेको छ। ६ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन ।

बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने उल्लेख्य नाफा कमाएका छन्। सूर्यकुण्ड हाइड्रोपावर र पाल्पा सिमेन्टको सेयर मूल्यमा १५ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ।

यस्तै, शिखर पावर डेभपलमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य पनि झन्डै १५ प्रतिशतले नै बढेको छ। एशियन हाइड्रोपावरको सेयरमूल्य पनि १० प्रतिशत भन्दा धेरैले बढेको छ । 

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यसको ३७ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड १९ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate