आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)

काठमाडौँ, ८ बैशाख । आज बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो बसेको बैठकले पाँचवटा निर्णय गरेको सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बताए ।

उनका अनुसार, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थसचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृत दिने, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृत दिने निर्णय भएको उनले बताए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन्।  चीनको बेइजिङमा रहेका खनालले सामाजिक

काठमाडौँ, १२ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १३  निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको

विराटनगर, १२ साउन । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी

काठमाडौँ, १२ साउन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि