‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा

काठमाडौँ, ७ बैशाख । विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा गरिएको छ ।

ललितपुरमा आयोजित एक कार्यक्रमका बिच प्रतियोगिता, निर्णायक समिति, पुरस्कार सार्वजनिक गरिएको हो । कार्यक्रममा चर्चित अभिनेता दयाहाङ राईले प्रतियोगिताको ट्रफि सार्वजनिक गरेका छन् ।

कार्यक्रममा अभिनेता दयाहाङ राईले नृत्य आफूलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम भएको बताए । आफ्नो रहनसहन र संस्कृतिलाई सँगै लिएर हिँड्न नृत्य सहायक हुने उनको धारणा रहेको थियो ।

सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिसकेको यो प्रतियोगिता नेपाल ल्याउनुको उद्देश्य नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने रहेको आयोजक पक्षले जानकारी दिएको छ । प्रतियोगितामा बलिउडका प्रख्यात कोरियोग्राफर तथा समकालीन नृत्यका बादशाह टेरेन्स लुइस, नेपाली किरण थापा र जेडी तमु जर्जको रूपमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।