नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ ।

गत चैत २० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सबै विश्वविद्यालयका उपकुलपतिहरूले निर्णयमा हस्ताक्षर गरेका छन् ।

निर्णयत्रपत्रमा भनिएको छ,‘क्याम्पस तथा विश्वविद्यालयहरूको परीक्षाफल प्रकाशनलाई पूर्वानुमानयोग्य बनाउन विश्वविद्यालयका परीक्षा नियन्लण कार्यालयको नतिजा पोर्टल निर्माण गर्ने र परीक्षाफल प्रकाशन भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने व्यवस्था गर्ने निर्णय गरियो,’ ।

उच्चशिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई प्रभावकारी कार्यान्वयनको लागि परिस्कृत गर्न विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा एक समिति गठन गर्ने र उक्त समितिले १५ दिनभित्र क्यालेन्डर पेश गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई