स्ट्रेट अफ होर्मुज आवागमन पुनः ठप्प

एजेन्सी, ६ बैशाख । समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमन पुनः ठप्प भएको छ । इरानी गनबोटहरूले व्यापारी जहाजहरूतर्फ गोली चलाएपछि स्थिति फेरि तनावपूर्ण बनेको हो ।

इरानले केही समयका लागि मार्ग खुला गरे पनि केही घण्टामै पुनः बन्द गर्दै आफ्नो बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउन अमेरिकालाई दबाब दिएको छ । समुद्री विश्लेषण संस्था लोयडको सूचिअनुसार पश्चिम एसियाका खाडी क्षेत्रमा अड्किएका धेरै जहाजहरूले पुनः आफ्नो अघिल्लो स्थानतर्फ फर्किन थालेका छन् । जहाज मालिकहरूले सुनेका रेडियो सन्देशहरूमा स्ट्रेट फेरि इरानी सशस्त्र बलको कडा नियन्त्रण र व्यवस्थापन अन्तर्गत गएको चेतावनी दिइएको बताइएको छ ।

स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक हो । यहाँ आवागमनको अवरोधले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ, जसले विश्व बजारमा थप अनिश्चितता सिर्जना गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्