उत्तर कोरियाले फेरि हान्यो ब्यालेस्टिक मिसाइल

एजेन्सी, ६ बैशाख । उत्तर कोरियाले आइतबार फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

इरान युद्धका कारण उत्पन्न तनाव र अमेरिका तथा दक्षिण कोरियासँग सम्भावित वार्ताको चर्चाबिच या खबर आएको हो । 

दक्षिण कोरियाली सेनाका अनुसार मिसाइलहरू देशको पूर्वी तट नजिक रहेको सिन्पो क्षेत्रबाट बिहान करिब ६ः१० बजे प्रक्षेपण गरिएको थियो । ती मिसाइलहरू करिब १४० किलोमिटर टाढा उडेका थिए ।

यो यस महिनाको चौथो र वर्षको सातौँ मिसाइल परीक्षण हो । विश्लेषकहरूका अनुसार उत्तर कोरियाले आफ्नो आत्मरक्षा क्षमताको प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय दबाबबिच शक्ति प्रदर्शन गरिरहेको छ । केही पूर्व सुरक्षा सल्लाहकारहरूले यसलाई अमेरिका र दक्षिण कोरियासँग सम्भावित वार्ता अघि दबाब सिर्जना गर्ने रणनीति भनेका छन् ।

हालैको इरानसँग सम्बन्धित युद्धले पनि उत्तर कोरियाको आणविक नीति र सुरक्षा रणनीतिमा प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ । यसले प्योङयाङलाई आफ्नो परमाणु कार्यक्रम विस्तार गर्न थप प्रोत्साहन दिएको हुनसक्ने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति ली जए–म्युङले उत्तर कोरियासँग वार्ता गर्ने इच्छा व्यक्त गरे पनि हालसम्म कुनै औपचारिक बैठक तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्