सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने

काठमाडौँ, ६ बैशाख । गोरखाका सामुदायिक विद्यालयहरुमा भोलिबाट पठनपाठन सुरु हुने भएको छ ।

वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्न लागिएको हो ।

शुक्रबार जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन, भर्ना लगायतका विषयमा सार्वजनिक भएका परिपत्रहरुप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघीय सरकारले गरेको परिपत्र र निर्देशन अनुसार पठन कार्यघण्टा नपुग्ने र शैक्षिक सत्र तलमाथि हुने भएकाले उक्त अन्यौलता हटाउन नयाँ शिक्षा ऐन समेत यथाशीघ्र निर्माण गर्न उनीहरुले आग्रह गरेका छन् । अभिभावकहरुको मागलाई समेत मध्यनजर गर्दै सोमबारबाट भर्ना अभियान र पठनपाठन एकैसाथ सञ्चालन गर्न लागिएको उनीहरुले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्