सीमा तस्करी रोक्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

शनिबार गृहमन्त्री गुरुङले सांसदसँग छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ । गृहमन्त्री र मधेश तथा लुम्बिनी प्रदेशका सांसदबीच सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल भएको हो ।

गृह मन्त्रालयमा भएको छलफलमा सांसदले सीमा क्षेत्रको सुरक्षा र भन्सार प्रणालीमा व्यापक सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा सांसदहरूले सीमामा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न विद्यमान भन्सार प्रणालीमा सुधार, भन्सार दरको पुनरावलोकन र प्रभावकारी निगरानी संयन्त्र विकास गर्न सुझाव दिएका थिए ।

खासगरी सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिनुपर्ने र त्यसका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने माग उनीहरूले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको