कोपा डेल रेको उपाधि रियल सोसिडाडलाई

काठमाडौँ, ६ बैशाख । रियल सोसिडाडले एट्लेटिको मड्रिडलाई पेनाल्टीमा हराउँदै कोपा डेल रे प्रतियोगिताको चौंथो उपाधि जितेको छ ।

एट्लेटिकोले दुई पटक पछि परे पनि खेल बराबरी गर्दै अतिरिक्त समयमा पुर्‍यायो र त्यसपछि पेनाल्टीसम्म लग्यो । तर गोलकिपर उनाइ मारेरोले दुई वटा पेनाल्टी बचाउँदै आफ्नो टोलीलाई सन् २०२० पछि पहिलो उपाधि दिलाए ।

सोसिडाडले खेल सुरु भएको मात्र १४ सेकेन्डमै गोल गर्दै फाइनल इतिहासकै सबैभन्दा छिटो गोलको कीर्तिमान बनायो। आन्देर बारेनेचेआले गोन्सालो गुएदेसको क्रसलाई हेड गर्दै जाली चुमाएका थिए ।

१८औं मिनेटमा आदेमोला लुकमानले लो सट प्रहार गर्दै बराबरी गोल फर्काए । तर पहिलो हाफको इन्जुरी समयमा, गोलकिपर हुआन मुस्सोले गुएदेसलाई पन्च गर्ने क्रममा फाउल गरेपछि पाएको पेनाल्टीलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गर्दै सोसिडाडलाई फेरि अघि बढाए ।

दोस्रो हाफमा एट्लेटिकोले धेरै आक्रमण गर्‍यो र त्यसको फलस्वरूप जुलियन आल्भारेजले पेनाल्टी बक्स बाहिरबाट शानदार सट हानेर खेल बराबरीमा ल्याए । अतिरिक्त समयमा दुवै टोलीले निर्णायक गोल गर्न सकेनन् । तर पेनाल्टी सुटआउटमा सोसिडाडले संयमता देखायो र अन्तिममा पाब्लो मारिनको शक्तिशाली पेनाल्टी गोलपोस्टको माथिल्लो भागमा लाग्दै जालीमा छिर्‍यो र उपाधि सुनिश्चित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ