सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता

एजेन्सी, ५ बैशाख । सिरियामा १२ वर्ष लामो अमेरिकी सैन्य उपस्थिति समाप्त भएको छ ।

हसाकास्थित कसराक एयरबेसबाट अमेरिकी सैनिकको अन्तिम दस्ता पनि बाहिरिएको हो । आफ्नो देशका करिब दुई हजार सैनिक त्यहाँबाट जोर्डनतर्फ प्रस्थान गरेका अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।

अमेरिकी सेनाको फिर्तीले सिरियाको विद्रोही कुर्द सेना सिरियन डेमोक्रेटिक फोर्सेसलाई सबैभन्दा बढी प्रभाव पारेको छ । अमेरिकी सुरक्षा छाता हटेपछि सिरियन डेमोक्रेटिक फोर्सेसले सिरियाली सरकारसँग सम्झौता गरेको छ । यसअन्तर्गत कुर्द लडाकुलाई अब सिरियाको राष्ट्रिय सेनामा समावेश गरिनेछ ।

हसाका र कामिश्लीजस्ता सहरमा अब सरकारी सैनिक तैनाथ भइसकेका छन् । साथै, अल–उमर र कोनिकोजस्ता प्रमुख तेल तथा ग्यास क्षेत्र सरकारको नियन्त्रणमा आएको छ । यसले सिरियाको अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

टर्कीले सिरियन डेमोक्रेटिक फोर्सेसलाई आतंकवादी संगठन मान्दै आएको छ । यही कारण अमेरिकी सेनाको फिर्तीपछि सम्भावित आक्रमणबाट जोगिन पनि सिरियन डेमोक्रेटिक फोर्सेसले सिरियाली सरकारसँग सहकार्य गर्नुपरेको हो ।

दशकौँको तनावपछि सिरिया र अमेरिकाबीचको सम्बन्धमा नाटकीय सुधार आएको छ । सन् २०२४ डिसेम्बरमा बशर अल–असदको सत्ता पतन भएपछि सिरियामा नयाँ राजनीतिक चरण सुरु भएको थियो । २०२५ मेमा साउदी अरेबियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सिरियाली समकक्षी अहमद अल–शाराबीच ऐतिहासिक भेटवार्ता भएको थियो । त्यसपछि अमेरिकाले सिरियामाथि लगाइएका अधिकांश प्रतिबन्ध हटाउने घोषणा गरेको थियो ।

सन् १८३५ मा सुरु भएको द्विपक्षीय सम्बन्ध २०१२ मा गृहयुद्धका कारण टुटेको थियो । त्यो हाल पुनर्स्थापनाको प्रक्रियामा छ ।

अमेरिकाले आफ्नो सैन्य उपस्थिति हटाए पनि सिरियामा सुरक्षा चुनौती अझै बाँकी रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्