एमाले स्थापना दिवस: रचनात्मक कार्यक्रम गरी मनाउने 

काठमाडौँ, ५ बैशाख ।  नेकपा (एमाले) केन्द्रीय कार्यालयको शुक्रबार बसेको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यस अघि निर्धारित केही कार्यक्रमलाई संशोधन गरेको छ ।

बैठकले सबै जिल्ला कमिटीहरूले यही बैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार, उपत्यकाको हकमा भने बैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार नेपाल आउँदै छन् ।

काठमाडौँ, ५ बैशाख ।  नेकपा (एमाले) केन्द्रीय कार्यालयको शुक्रबार बसेको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय

काठमाडौँ, ५ बैशाख ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतले उनी उपसभापति

काठमाडौँ, ४ बैशाख । संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख