नेप्से परिसूचक ३३.८३ अंकले घट्यो

काठमाडौँ, ३ बैशाख । आज सेयर बजार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३३.८३ अंक (१.१८ प्रतिशत) घटेको छ ।

आज नेप्से २८३३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३३.२७ अंक बढेको थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ५३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो ।  ३१ कम्पनीको मूल्य बढ्दा २३६ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.९८ प्रतिशत घट्यो ।

बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८, अन्य १.९० तथा व्यापार १.०१ प्रतिशत घटे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । टिकटकले सन् २०२५ अक्टोबर र डिसेम्बर दुई महिनामा नेपालबाट १९ लाख ३२ हजार बढी भिडियो हटाएको

काठमाडौँ, ३ बैशाख । काठमाडौँको ठमेलस्थित एलओडी क्लब सन् २०२६ का निम्ति विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै

काठमाडौँ, २ बैशाख । चलचित्र ‘एक मुठ्ठी बादल’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रभित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा