टर्कीको एक विद्यालयमा गोली चल्दा ९ जनाको मृत्यु

एजेन्सी, ३ बैशाख । टर्कीको मध्य क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयमा बुधबार एक जना विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । 

काहरामनमारसका गभर्नर मुकेरेम अनलुरका अनुसार घाइतेमध्ये चार जनाको शल्यक्रिया भइरहेको छ । मृतकमध्ये एक जना शिक्षक हुन् । 

घटनापछि आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको गभर्नर मुकेरेम अनलुरले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । विद्यालयमा भएको यो लगातार दोस्रो दिनको गोलीकाण्ड हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्