इरानसँगको युद्ध अन्त्य हुनेमा ट्रम्प प्रशासन आशावादी

एजेन्सी, ३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँग जारी युद्ध अन्त्यका लागि सम्झौता हुनेमा बुधबार आशा व्यक्त गरेको छ ।

फेब्रुअरीको अन्त्यतिर इजरायलसँग मिलेर सुरु गरिएको यो युद्ध अब लगभग अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी छ । यद्यपि, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको सैन्य नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धहरूलाई भने अझै खुकुलो पारेको छैन । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पाकिस्तानको मध्यस्थतामा भइरहेका कुराकानीहरू सकारात्मक र जारी रहेको बताउँदै छिट्टै सहमति हुनेमा विश्वास व्यक्त गरेकी छन् ।

अमेरिकाले इरानलाई घुँडा टेकाउन ‘पश्चिम एसिया’ मा नयाँ रणनीतिक दबाब सिर्जना गरेको छ। ट्रेजरी सचिव स्कट बेसेन्टले इरानी तेल किन्ने मुलुकहरू, विशेष गरी चीनमाथि थप प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन् । 

चीनले इरानको ८० प्रतिशतभन्दा बढी तेल खरिद गर्दै आएकोमा अब अमेरिकी नाकाबन्दीका कारण त्यसमा पूर्ण विराम लाग्ने बेसेन्टको दाबी छ। उनले इरानले वित्तीय क्षेत्रमा पनि त्यस्तै क्षति व्यहोर्नुपर्ने बताए जस्तो क्षति अमेरिकी र इजरायली हवाई आक्रमणबाट उसको सैन्य संरचना र नेतृत्वले भोगेको छ। अमेरिकाले यसअघि तेलको मूल्य नियन्त्रण गर्न दिएका कयौँ छुटहरू पनि अब नवीकरण नगर्ने स्पष्ट पारेको छ।

यसैबिच, युद्धविराम र शान्ति वार्ताका लागि पाकिस्तानले सक्रिय भूमिका खेलिरहेको छ। अघिल्लो चरणको वार्ता कुनै ठोस निष्कर्ष बिना टुङ्गिएपछि पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर बुधबार तेहरान पुगेका छन्। उनले दुवै पक्षबिच रहेका असमझदारी कम गर्ने प्रयास गर्नेछन्। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी

काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८

रुपन्देही, १६ असोज । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले