काठमाडौँ, २ बैशाख । अभिनेता अनमोल केसी २०८२ सालको उनको हिट फिल्म ‘जेरी अन टप’ को दोस्रो श्रृंखलामा देखिने पक्का भएको छ ।
निर्माण स्रोतका अनुसार बुधबार बिहान अनमोल र निर्माताबीच यो फिल्मलाई लिएर लिखित सम्झौता भएको छ ।
फिल्मको शीर्षक तय छ- जेरी : द लास्ट क्लाइम्ब । यो फिल्ममा अनमोलबाहेक अन्य कलाकार निश्चित भैसकेका छैनन् ।





