इजरायलसँगको सैन्य सम्झौता रद्द गर्ने इटालीको घोषणा

एजेन्सी, २ बैशाख । इटालीले इजरायलसँगको लामो समयदेखिको रक्षा सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ ।

सैन्य उपकरणको आदानप्रदान र प्रविधि अनुसन्धानमा केन्द्रित रहेको उक्त महत्त्वपूर्ण सम्झौतालाई अगाडि नबढाउने निर्णय इटालीकी प्रधानमन्त्री जोर्जिया मेलानीले सार्वजनिक गरेकी हुन् ।

भेरोनामा आयोजित एक कार्यक्रमका क्रममा मेलानीले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सरकारले इजरायलसँगको रक्षा सम्झौताको स्वचालित नवीकरण प्रक्रिया रोक्ने निर्णय गरेको जानकारी दिइन् । सन् २००६ मा इजरायलले अनुमोदन गरेको यो सम्झौता हरेक पाँच वर्षमा स्वतः नवीकरण हुने प्रावधान थियो । 

यस सम्झौताअन्तर्गत दुई देशबिच रक्षा उद्योग, सैन्य कर्मचारीको तालिम, अनुसन्धान तथा विकास र सूचना प्रविधिको क्षेत्रमा सहकार्य हुँदै आएको थियो । इटालीको यो दक्षिणपन्थी सरकारलाई पश्चिम एसियामा इजरायलको सबैभन्दा नजिकको सहयोगी मानिन्थ्यो। तर, पछिल्ला केही हप्तादेखि लेबनानमाथि भइरहेको इजरायली आक्रमण र नागरिकको मृत्युलाई लिएर इटालीले इजरायलको कडा आलोचना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय