डिशहोमले ल्यायो “नयाँ वर्षको नयाँ अफर”

ललितपुर, ३० चैत । नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक “नयाँ वर्षको नयाँ अफर” सार्वजनिक गरेको छ ।

यस विशेष योजना अन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिनासम्मको बोनस पाउनेछन् । यो अफर अन्तर्गत २००, ३००, ६०० र १००० Mbps का उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ वार्षिक कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि प्रदान गरिने डिशहोमले जनाएको छ । जसले प्रयोगकर्तालाई अझ बढी समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेटको अनुभव लिन सहयोग गर्ने बताइएको छ ।

डिशहोम इन्टरनेट नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूमध्ये एक हो, जसले छिटो, भरपर्दो र ग्राहकमैत्री इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार, बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकलाई सुलभ र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

डिशहोम सधैं ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धतासाथ अघि बढ्दै आएको छ । नयाँ वर्षको यस विशेष योजनासँगै डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । सभामुख डोलप्रसाद अर्यालले नेपालमा रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक अवसर बढाउने विषयमा राज्यको नीति र

काठमाडौँ, १ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा

काठमाडौँ, १ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक

काठमाडौँ, ३१ भदौ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि