काठमाडौँ, २९ चैत । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन् ।
आज नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय पुगेर उनले उक्त निर्णय गरेका हुन् । गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।
नवलपुरका सहायक सिडिओ चिरञ्जीवी राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायत सहभागी थिए ।





