लेबनानसँग तत्काल वार्ता शुरू गर्न आफ्नो मन्त्रिपरिषद्लाई प्रधानमन्त्रीको निर्देशन

एजेन्सी, २७ चैत । मध्यपूर्वमा इजरायल र लेबनानबीचको तनाव थप गहिरिँदै गएको छ । यही समयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग छिट्टै प्रत्यक्ष वार्ता शुरु गर्न आफ्नो मन्त्रिपरिषद्लाई निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । 

यस्तै लेबनानका प्रधानमन्त्री नवाफ सलामले पनि इजरायली आक्रमण रोक्न अन्तर्राष्ट्रिय समर्थन खोज्दै पाकिस्तानसँग सहयोगको माग गर्नुभएको छ । पाकिस्तानका प्रधानमन्त्री सहबाज शरीफले लेबनानमाथि इजरायली आक्रमणको निन्दा गर्दै लेबनानप्रति ऐक्यबद्धता जनाउनु भएको छ । 

पाकिस्तान यसअघि पनि क्षेत्रीय कूटनीतिमा सक्रिय रहँदै आएको छ । विशेषगरी अमेरिका-इरान युद्धविराम सम्झौतामा मध्यस्थकर्ताको भूमिका खेलेको आधारमा लेबनानले पाकिस्तानसँग सहयोगको अपेक्षा गरेको हो । अहिले एकातर्फ वार्ताको सम्भावना देखिए पनि अर्कोतर्फ सैन्य गतिविधि जारी रहनुले क्षेत्रीय शान्ति अझै अनिश्चित बनेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौता अनुसार नचलेको भन्दै हर्मुज मार्गमा जहाजबाट शुल्क नलिन चेतावनी दिनुभएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी हिजो मात्रै लेबनानमा ३०० भन्दा धेरैको ज्यान गएको छ भने १ हजारभन्दा धेरै घाइते भएका छन् । 

अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा आज इस्लामाबादमा उच्चस्तरीय वार्ता हुने भनिए पनि यसबारे अझै अन्योल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्