काठमाडौँ, २६ चैत । उदयपुर र सुनसरीबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ का ३७ वर्षीय टेकबहादुर मगर र सुनसरीको हरिनगरा गाउँपालिका–२ का २१ अबजल अन्सारी छन् ।
मगरको साथबाट ६ किलो लागुऔषध र अन्सारीको साथबाट पाँच हजार ट्रामाडोल ट्याब्लेट बराम गरिएको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान जारी रहेको बताइएको छ ।





