श्रमसहित तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनलाई

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आइपुगेको छ ।

मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आएको हो । साहले श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिँदा विभागीय मन्त्रीले ध्यान नपुर्‍याएको भन्दै रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्रीले पदमुक्त गरेका हुन् । 
 
यससँगै प्रधानमन्त्री बालेनको काँधमा श्रम, रक्षा र उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी थपिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, मन्त्रिपरिषद्मा भएको हेरफेरको सूचना राष्ट्रपति कार्यालयलाई पठाइएको थियो । राष्ट्रपतिको कार्यालयले उक्त मन्त्रालय प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको कार्यभार हेरफेरको सूचना सार्वजनिक गरेको हो ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ चैत । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र

काठमाडौँ, २६ चैत । सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका

काठमाडौँ, २६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण