मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ : ओली

काठमाडौँ, २६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । 

उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैर कानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेको भन्दै आफ्नो रिहाइका लागि आवाज उठाउनेहरूलाई आभार प्रकट गरेका छन् । 

उनले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञ रहेको बताएका छन् । 

साथै, ओलीले रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्ने र राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ चैत । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र

काठमाडौँ, २६ चैत । सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका

काठमाडौँ, २६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण