इरानले फेरि बन्द गर्‍यो होर्मुज जलमार्ग

एजेन्सी, २६ चैत । इरानले बुधबार होर्मुज जलमार्ग पुनः बन्द गरेको छ । लेबनानमा इजरायलले सशस्त्र समूह हिजबुल्लाहमाथि गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो कदम चालेको हो ।

यसले गर्दा एक महिनाभन्दा लामो युद्ध अन्त्य गर्न गरिएको अत्यन्तै नाजुक युद्धविराम सम्झौताको भविष्यमाथि अन्योल पैदा भएको छ । बुधबार इजरायलले बेरुतका व्यापारिक र आवासीय क्षेत्रहरूमा आक्रमण तीव्र पार्दा १८२ जनाको मृत्यु भएको छ । यो इजरायल–हिजबुल्लाह युद्धकै सबैभन्दा घातक दिन सावित भएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यस सम्झौतालाई नाजुक भनेका थिए, जुन अहिले भत्किने खतरामा छ । ह्वाइट हाउसले इरानलाई तत्काल जलमार्ग खोल्न माग गरेको छ ।

इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले वासिङ्टनले १० बुँदे सर्तमध्ये तीनवटा उल्लंघन गरेको भन्दै आगामी वार्ता तर्कहीन रहेको बताए । उनले हिजबुल्लाहमाथि इजरायलको निरन्तर आक्रमण भएको, युद्धविराम लागु भएपछि इरानी आकाशमा ड्रोन घुसपैठ भएको र इरानको युरेनियम संवर्धन क्षमतालाई अन्तिम सम्झौतामा मान्यता दिन अमेरिकाले अस्वीकार गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ चैत । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र

काठमाडौँ, २६ चैत । सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका

काठमाडौँ, २६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण