‘राका’ को फर्स्टलुक सार्वजनिक

काठमाडौँ, २६ चैत । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले आफ्नो ४४औँ जन्मदिनको अवसर पारेर नयाँ चलचित्र ‘राका’ को डरलाग्दो फर्स्टलुक पोस्टर सार्वजनिक गरेका छन् ।

‘जवान’ का निर्देशक एट्लीको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई लिएर दर्शकमाझ ठूलो उत्साह छाएको छ ।

यसअघि ‘AA22xA6’ कोड नाम दिइएको यो चलचित्रमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि महत्त्वपूर्ण भूमिकामा देखिने निश्चित भएको छ। सार्वजनिक पोस्टरमा अल्लु अर्जुनको लुक्सले सबैलाई स्तब्ध बनाएको छ ।

प्रोस्थेटिक मेकअपको प्रयोग गरी उनलाई निकै पाको र खतरनाक रूपमा प्रस्तुत गरिएको छ । पोस्टरको क्याप्सनमा ‘सीमाभन्दा परको सोचका लागि तयार रहनुहोस्’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ चैत । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र

काठमाडौँ, २६ चैत । सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका

काठमाडौँ, २६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण