युद्धविराम घोषणापछि पनि इरानद्वारा कुवेत र युएईमा आक्रमण

एजेन्सी, २६ चैत । अमेरिकासँग दुई हप्ते युद्धविरामको घोषणापछि पनि इरानले कुवेत र युएईमा आक्रमण गरेको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार बुधबार कुवेत र युएईलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार भएको छ ।

बुधबार इरान, अमेरिका र इजरायलबीच दुई हप्ताको लागी युद्धविरामको भएको थियो । त्यसको केही घण्टामै इरानले स्ट्रेट अफ होर्मुजको उत्तरतिर पर्ने इरानको लावन द्वीपमा भएको हवाई हमलाको जवाफस्वरुप कुवेत र युएईमा हमला गरेको जानकारी दिएको थियो ।

इरानको लावन द्वीपमा भएको हवाई हमलाबाट तेल पूर्वाधारमा क्षति भएको थियो । इरानको तेल मन्त्रालयका अनुसार लावन द्वीपमा भएको आक्रमणका कारण तेल प्रशोधन प्लान्टमा आगो लागेको थियो । त्यलगत्तै जवाफी कारबाही सुरु गर्दै इरानले छिमेकी देशका ऊर्जा केन्द्रलाई निशाना बनाएको हो । कुवेतको सेनाका अनुसार इरानले प्रहार गरेका २८ ड्रोनलाई बीचमै रोकिएको छ । यद्यपि केही आक्रमणबाट बिजुली केन्द्र र जल विलवणीकरण संयन्त्रजस्ता महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ ।

 जल विलवणीकरण संयन्त्रले समुद्रको नुनिलो पानीलाई प्रशोधन गरी पिउन र अन्य काममा प्रयोगयोग्य बनाउँछ । यसैगरी युएईले पनि आफ्नो वायु रक्षा प्रणालीबाट इरानी मिसाइललाई रोकेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्