एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिनू : शिक्षा मन्त्रालय

काठमाडौँ, २४ चैत । शिक्षा मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ ।  

मन्त्रालयले  एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थी भर्ना नगर्न देशभरका विद्यालयहरूलाई निर्देशन दिएको हो । 

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तहलाई यसको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि अनुरोध गरिएको छ । केही विद्यालयले शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थी भर्ना गर्ने, अग्रिम शुल्क असुल गर्ने र स्वीकृत शीर्षकभन्दा बाहिर गएर चर्को शुल्क लिने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।

मन्त्रालयले जारी गरेको पत्रमा शिक्षा नियमावली २०५९ को परिच्छेद १५ लाई उद्धृत गर्दै शैक्षिक सत्र सुरु नभई कसैले पनि विद्यार्थी भर्ना गर्न नपाउने कानुनी व्यवस्थाको स्मरण गराएको छ । ‘प्रचलित कानुनअनुसार भर्ना भएपश्चात मात्र स्वीकृत शीर्षकमा शुल्क लिन पाइने व्यवस्था हुँदाहुँदै विद्यार्थीबाट अग्रिम र बढी शुल्क असुलिएको, फरक शीर्षकमा रकम लिइएको र एउटै विद्यालयमा कक्षा परिवर्तन हुँदा पुनः भर्ना शुल्क लिइएको पाइएको छ,’ पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको बाढीका कारण स्थिति गम्भीर र

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा