काठमाडौँ, २२ चैत । राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा (एमाले)लाई दिने सहमति भएको छ ।
उपाध्यक्ष र चार समितिका सभापतिहरूको बाँडफाँटबारे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच आइतबार सहमति भएको हो । सहमतिअनुसार एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पाउनेछ ।
त्यस्तै, कांग्रेसले दुई संसदीय समितिका सभापति लिनेछ भने नेकपा र जसपा नेपालले एक/एक समितिको सभापति पाउनेछन् । राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार गरी चार समिति रहेका छन् ।





