मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रोल्पा, २२ चैत । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

खुङग्रीबाट सुलिचौरतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक्लेपिपलस्थित सडकमा ठोक्किंदा सुनिलस्मृति गाउँपालिका-२ कै २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको हो ।

प्रहरीका अनुसा आज बिहान ८ बजेको समयमा रा६प ५५२७ नम्बरको मोटरसाइकल र रा३प १०१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा १८ वर्षीय साइमन सेन ठकुरी, १८ वर्षकै अर्पण शाह ठकुरी र १६ वर्षीय हिमाल चन्द घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति

काठमाडौँ, २२ चैत । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार

काठमाडौँ, २२ चैत । सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले

काठमाडौँ, २२ चैत । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक