बसको ठक्करबाट बालकको मृत्यु

चितवन, २२ चैत । चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

भारत घर भई भरतपुर महानगरपालिका–३, नगरवन सडकछेउमा बस्दै आएका १० वर्षीय इरेस घोस्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति नगरवन मार्गमा बाप्र०६००१ख ०४९२ नम्बरको बस सहचालकले पार्किङका निम्ति पछाडि सार्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते घोस्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने बस र सहचालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति

काठमाडौँ, २२ चैत । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार

काठमाडौँ, २२ चैत । सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले

काठमाडौँ, २२ चैत । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक