एसईई परीक्षा: केन्द्राध्यक्ष र निरीक्षक एकसाथ पदमुक्त

जुम्ला, २२ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तोकिएको दुर्गा मावि लाम्रा केन्द्रका केन्द्राध्यक्ष मुकुन्दराज शर्मा र निरीक्षक हरिदेवी रावल पदमुक्त भएका छन् ।

तातोपानी गाउँपालिका–५ स्थित सो केन्द्रका केन्द्राध्यक्ष शर्मा र निरीक्षक एकैसाथ पदमुक्त भएका हुन् । बिहीबार सकिएको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षामा केन्द्राध्यक्ष र निरीक्षकले लापरबाही गरेको भन्दै उनीहरूलाई जिल्ला परीक्षा समितिले पदमुक्त गरेको हो । 

शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश लुवारका अनुसार नयाँ केन्द्राध्यक्षका रूपमा सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई नियुक्त गरिएको बताए । उनका अनसार, पहिलो दिनको परीक्षामा एउटा उत्तरपुस्तिका हराएको भनियो । दोस्रोपटक गन्दा भेटियो भनियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष