लेखक एवं साहित्यकार केशब दाहालको ‘इथा’ लोकार्पण गरिएको छ ।
शनिबार भक्तपुरको राधेराधे स्थित रोयल थाईमा आयोजित विशेष कार्यक्रमका बिच पुस्तक लोकार्पण गरिएको छ ।लोकार्पणसँगै पुस्तक बजारमा आएको छ । दाहालद्वारा यो पुस्तक चौथो कृति हो । पुस्तकमा महिला अधिकार, इतिहास र कथा, दुखान्त, विद्रोह, त्यागको बारेमा उल्लेख गरिएको छ । पुस्तकमा इतिहासको कथा र कथाको इतिहास बनाइएको छ ।
पुस्तकमा महिलाको संघर्ष र अस्थित्वको विगत, वर्तमान र भविष्यको बारेमा उल्लेख गरिएको छ । पुस्तकलाई नेपाली साहित्यको उत्सव र नारी–पुरुष दुवैको उत्सवको रुपमा रहेको छ । समाजमा नैराष्यताको खडेरीमा उत्साह खोज्ने कार्य पुस्तकले गरेको छ । कार्यक्रममा शिल्पी थ्रिएटरको पुस्तकसँग सम्बन्धित नाटक समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रतिनिधिसभाका सांसद डा. अर्जुन कार्की, विभिन्न विधाका साहित्यकार, विश्लेषक, लेखक, राजनीतिज्ञ, पत्रकार तथा शुभचिन्तकको सहभागिता रहेको थियो ।






